लामाको भोगाई

भिसन राई / एचकेनेपाल डट कम –
राजसाभ लामाको पहिलो एकल गीति संग्रह भोगाई एल्वम बजारमा आएको छ। एल्वममा ५ गीतहरु संकलित गरिएका छन्।

मैले तिमीलाई, ढुक ढुक गर्दै, दिउं दिउं लाग्छ, च्यातेर पर्दा, भन्थ्यौ रे र तिमीले छाडेका बोलका गीतहरु रहेका छन्। अर्जुन पोखरेल, राम सिटौला र राजसाभ लामाको संगीत रहेको छ। एल्वमको पहिलो गीतको चांडै म्युजिक भिडियो बनाउने तयारीमा रहेका उनको एल्वममा अदिती पौडेल ढकाल, अमृत रेग्मी, हेमन्त राई, सञ्जीव राई र अर्जुन पोखरेलको शब्द रचना रहेका छन्।

आफ्नो पहिलो एल्वममा निकै मिहेनत गरेकाले हरेक गीतहरुले श्रोताको मन जित्ने उनि बताउंछन्। एल्वम द डिभाइन म्युजिकले बजारमा ल्याएको हो।





Comments

comments

3679