नेकपामा एमसीसी विवादः दुई अध्यक्षमै छैन एकता

फाइल फोटो

काठमाडौं – एक वर्षदेखि चर्चा र विवाद उच्चस्थानमा रहेको अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विवादका कारण सरकार सञ्चालनदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नियमित कामसमेत प्रभावित बनेको छ।

संसद्बाट एमसीसी पारित गराउने विषयमा सत्तारुढ दल नेकपा एकतर्फ देखिएको छ भने त्यसविपरित ध्रुवमा पार्टी उभिएको छ । सरकार एमसीसी पास गराउने पक्षमा छ । तर, सत्तारुढ दल नेकपा भने अहिलेको अवस्थामा एमसीसी पास नगराउने स्पष्ट अडानमा उभिएको छ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचमै एमसीसी विषयमा फरक मत पाइएको छ । प्रधानमन्त्री समेत रहेका ओली एमसीसी सम्झौता अनुमोदन गर्न हतारिहँदा अर्का अध्यक्ष दाहाल संशोधन गरेर मात्र अनुमोदनका लागि अगाडि बढाउनुुपर्ने पक्षमा देखिएका छन्। यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन्।





Comments

comments

37219