विदेशबाट फर्किनेलाई पीसीआर गरेपछि मात्रै घर पठाइने…

सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गरिने बताए।

विदेशबाट आएका, कोरोना परीक्षणमा पोजेटिभ भएका व्यक्तिको सम्पर्कमा आएका, अत्यावश्यक सेवाकर्मीहरू सबैको चिकित्सकको सल्लाह अनुसार पीसीआर परीक्षण हुनेछ।

फाइल तस्वीर

प्रवक्ता गौतमले हवाईमार्ग हुँदै स्वदेश आउनेलाई पाँच दिनसम्म होल्डिङ सेन्टरमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाउने निर्णय भएको जानकारी दिए। स्थलमार्गबाट आउनेको पनि अनिवार्य रूपमा पीसीआर गरिनेछ।

उनले सिंहदरबारभित्रका सफाइमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । यसैबीच नेपालमा गत २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गोरखापत्र दैनिकमा समाचार छ।





Comments

comments

37686