Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल संसारकै दोस्रो सस्तो मुलुक रहेछ…

काठमाडौं, ५ माघ। बन्द, हड्ताल र राजनीतिक अस्थिरताजस्ता कारणले अन्तर्राष्ट्रिय जगतमा नेपालको नकारात्मक प्रचार भइरहेको बेला पर्यटन क्षेत्रमा आशा जगाउने समाचार सार्वजनिक भएको छ।

छिमेकी भारतसँगै नेपाल संसारकै सस्तो गन्तव्यका रुपमा दरिएको छ। विश्व पर्यटन जगतलाई नै आश्चर्यचकित बनाउने गरी भारत सबैभन्दा सस्तो मुलुक बनेको छ। नेपाल दोस्रोमा छ।

खाद्यान्न, यातायात, रेस्टुराँ र उपयोगीताका अन्य औजारको मूल्यका आधारमा निर्धारण हुने उपभोक्ता मूल्य सूचांक(सीपीआई)अनुसार ‘मुभ हब’नामक अन्तर्राष्ट्रिय संस्थाले यो सूची सार्वजनिक गरेको समाचार आजको कारोबार दैनिकमा छापिएको छ।

अमेरिकाको न्यूयोर्क शहरको तुलनामा हुने जीवनयापन लागतका आधारमा सस्तो र महंगो मुलुकको वर्गीकरण गरिएको छ। सर्वाधिक महंगो मुलुकको सूचीमा भने स्विट्जरल्यान्ड पहिलो सूचीमा छ।





Comments

comments

3849