विमानमा कोरोना संक्रमितः निगमका तीन कर्मचारीलाई कारवाही

मलेसियाको उडानबाट गत बुधबार कोभिड संक्रमित बिरामीलाई काठमाडौँ पठाउने नेपाल वायु सेवा निगमका तीन जना कर्मचारीलाई क्वाललम्पुरबाट फिर्ता बोलाइएको छ।

निगमका एक उच्च अधिकारीका अनुसार त्यहाँको स्टेसनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, फाइनान्स प्रमुख इन्द्र थापा र स्टेसन म्यानेजर युवराज आचार्यलाई निगमले काठमाडौँ फिर्ता बोलाएको हो।

गत बुधबार निगमको क्वाललम्पुर–काठमाडौँका लागि भएको उडानमा आएका १ सय ४५ यात्रुमध्ये रौतहट घर भएक एक जना कोरोनाका बिरामी रहेको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य सेवा विभागले राखेको हेल्थ डेस्कमा कागजात जाँच गर्ने क्रममा ती यात्रुको साथमा रहेको पीसीआर जाँचको रिपोर्ट नै पोजेटिभ भेटिएको थियो।

फाइल फोटो

उक्त उडानमा ती यात्रुसँगसँगै बसेका तथा घुमिल भएका अन्य ५४ यात्रुलाई काठमाडौँको गौशालास्थित होटल क्वारेन्टिनमा राखिएको छ । ती यात्रुको होटल तथा पीसीआर जाँच खर्च पनि निगमकै तीनै जना कर्मचारीबाट असुलउपर गरिने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

39883