Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

शव गनाइसक्दा पनि अस्पतालले भन्यो- ‘बिरामी बेहोस छ!’

पोखरा, माघ २०- चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले सोमबार मणिपाल शिक्षण अस्पताल तोडफोड गरेका छन्।

शल्यक्रिया गर्दा बिरामीको ज्यान गएपछि आफन्तले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै दोषीलाई कारबाही र क्षतिपूर्ति माग राखेर अस्पताल तोडफोड गरेका हुन्। पोखरा १६ बाटुलेचौरकी २२ वर्षीया सविना तामाङ जीसीको बिहीबार कलेजोको शल्यक्रिया गरिएको समाचार अन्नपूर्ण पाेष्ट दैनिकमा छापिएको छ।

राम्रो अवस्थामा अस्पताल पुगेकी सविनाको डाक्टरको लापरबाहीका कारण शल्यक्रियापछि मृत्यु भएको र अस्पतालले अप्रेसन सफल भएको बताएको, शव गनाइसक्दा पनि तीन दिनसम्म बिरामी बेहोस भएको भन्दै झूट बोलेको आरोप मृतकका आफन्त रोशन तामाङले लगाए।

शल्यक्रिया गरेको १२ घण्टासम्म होस नखुलेपछि परिवारलाई जानकारी नै नगराई जीवितै भएको नाटक गरेर अस्पतालले दुई दिनसम्म आफूहरूलाई गुमराहमा राखेको उनले बताए। तामाङकी चार वर्षीया छोरी छिन्।





Comments

comments

4062