Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमालेको खर्च बर्षमा १२ करोड

काठमाडौं, माघ २०- एमालेले आर्थिक वर्ष ०७०–७१ मा करिव १२ करोड रुपैयाँ खर्च गरेको छ। चुनाव र पार्टी संचालनका लागि चन्दा दिने ब्यापारी र शुभेच्छुकको नामसहितको विवरण पार्टीले निर्वाचन आयोगमा बुझाएको छ।

दर्ता भएका दलहरुले हरेक वर्ष पुस मसान्तभित्र आयब्ययको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान छ। निर्वाचन आयोगका अनुसार एमालेले बुझाएको विवरणमा गत आवमा ११ करोड ९३ लाख ९७ हजार ६ सय ८ रुपैयाँ खर्च भएको उल्लेख छ।

तर, यसमा एमालेको नवौं महाधिवेशनको खर्च विवरण समावेश नभएको एमालेले जनाएको छ। ‘पार्टीको आर्थिक स्रोत पारदर्शी र कानुनी बनाउन निर्वाचन आयोगलाई प्रतिवेदन दिएका हौं,२०७० को साउनदेखि ०७१ को असार मसान्तसम्म सबै हिसाब छ, तर महाधिवेशनको समेटिएको छैन,’ एमाले केन्द्रीय लेखापरिक्षण आयोगका अध्यक्ष कँडेलले भने।

एमालेले आयव्यय विवरणमा २५ हजार रुपैयाँभन्दा बढी नगद चन्दा दिनेको नाम र रकमसमेत खुलाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ।





Comments

comments

3498