प्रहरीमाथि दुर्व्यवहार गरेका विद्यार्थीलाई साढे ५ वर्ष जेल सजाय

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ मार्च। १४ जुलाई २०१९ मा शाटिन न्यू टाउन प्लाजामा भएको झडपको क्रममा पुलिस अधिकारीको औंला टोकेका एचकेयुका एक विद्यार्थीलाई साढे ५ वर्षको जेल सजाय सुनाइएको छ।

सार्वजनिक स्थानमा आदेश भङ्ग गरेको, पुलिस अधिकारीलाई कुटपिट गरेको, अरुलाई गम्भीर शारीरिक चोट पुर्याएको र जानाजानी अरुलाई घाइते गरेको जस्ता ४ अपराधमा उनी पक्राउ परेका थिए।

जिल्ला अदालतका न्यायाधीश चानले उनलाई ५ बर्ष ६ महिनाको जेल सजाय सुनाएका हुन्।

फाइल फोटोः साचामपो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41079