हङकङ कोरोना न्युज अपडेट : लोकल केस १ मात्र…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ अप्रिल। हङकङमा आज बुधवार स्थानीय सङ्क्रमित संख्या १ मात्र रहेको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यद्यपि, ४ जना आयातित सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,६१३ पुगेको छ।

आयातित सङ्क्रमितमा भारतबाट १ जना, पाकिस्तानबाट २ र इजिप्टबाट आएका १ जना रहेका छन्।

स्थानीय सङ्क्रमित ट्युन मुनको ब्लक ३ ओई फाई पब्लिक हाउसमा बस्ने ७० वर्षीय पुरुष रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२३७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३२ जनाको उपचार भइरहेको छ। ६ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०८ पुगेको छ।

फाइल फोटो




Comments

comments

41488