Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पूर्व राजा ज्ञानेन्द्रलाई दिल्लीमा रातो कार्पेट

देशमा राजनीतिक अस्थिरता र अन्योलता बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्रलाई नयाँदिल्लीले रातो कार्पेटमा स्वागत गरेको छ।

भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ । चैत २६ गते नयाँदिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँदिल्ली बसेर नयाँदिल्लीबाटै हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगेको स्रोतले बताएको छ।

.

पूर्वराजा ज्ञानेन्द्रको हेलिकोप्टरलाई स्कर्टिङ गरेर देशरादून लगेको घटनाले पनि पूर्वराजा ज्ञानेन्द्रको यस भ्रमणलाई भारतले विशेष महत्व दिएको बताइन्छ। चैत ३० गते बिहान पूर्वराजा ज्ञानेन्द्रको हरिद्वारमा शाही स्नान गराउने कार्यक्रम सम्पन्न भएको एभिन्यूज टेलिभिजनले बताएको छ । उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका प्रमुख मोहन भागवतलगायतका भाजपाको नेताहरुको सहभागी हुने बताइए पनि मोदी अनुपस्थित भएका छन्। यो खबर आजको दृष्टिसाप्ताहिक लेखेको छ।





Comments

comments

41481