ध्रुबलाई अर्को सफलता, जिते उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौंमा हालै सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता ध्रुब दत्तले उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भएका छन्।

.

अभिनेता ध्रुब दत्तले बेलायतमा निर्मित सर्ट फिल्म सहाराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।

बेलायतमा रहेर कलाकारितामा सक्रिय ध्रुबले तीन घुम्ती, आवेग, बिरताको चिनो लगायतका दर्जन बढी ठूलो पर्दामा समेत कुशल अभिनय गरेर वाहवाही बटुलेका अभिनेता दत्त प्रवासमा रहेर पनि निरन्तर रुपमा कलारितामा सक्रिय छन्।

.

त्यस्तै अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। अभिनेता खनालले पहिलो पटक निर्देशनमै यो अवार्ड जितेका हुन्। प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथीले जितेको छ।

.

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसनले हालै आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए। जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए।

.

उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हाता पारे। अवार्ड बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

41996