हङकङमा छायांकन भएको अन्नप्रशानको म्युजिक भिडियो सार्वजनिक

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वर रहेको गीत शुभ अन्नप्राशन (भात खुवाई) को म्युजिक भिडियो सार्वजनिक भएको छ।

.

आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन, हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन…म्युजिक भिडियोमा कृष्ण गुरुङकाे शब्द, राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र एवान म्युजिकल स्टुडियो काठमाडौं रहेको छ।  

गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगेपछि अन्न खुवाउने चलन रहेकाे परिवेशलाई भिडियोमा देखाएको छ। भिडियोमा श्रीशान ढकाल (बालक) रेनु ढकाल र जगन्नाथ ढकालको अभिनय रहेको छ। 

.

हङकङमा तयार गरिएको यस भिडियोकाे निर्देशन, सम्पादन, परिकल्पना पनि कुष्ण गुरुङकै रहेको छ भने भिडियो छायांकन श्री गुरुङ र झलक गुरुङकाे रहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42000