हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, आयातित ४ थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० मे। सेन्टर फर हेल्थ प्रोटेशनको रिपोर्टअनुसार आज पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको छ। यद्यपि ४ जना आयातित सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८१२ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएका ३ जना र भारतबाट आएका १ जना रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४९६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७१ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42151