हङकङ कोरोना न्युज अपडेट : आज १ जनामात्र सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार आज १ जनामात्र स्थानीय कोरोना सङ्क्रमित थपिएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३१ पुगेको छ।

स्थानीय सङ्क्रमितमा २९ वर्षीया इन्डोनेसियाली घरेलुसहयोगी रहेकी छन्। उनी गत अप्रिल २५ तारिख इन्डोनेसियाबाट हङकङ आएकी थिइन्। साई यिन पुन होटलमा क्वारेन्टिन अवधि पूरा गरेकी थिइन्। पछिल्लो पटक पीसीआर टेस्ट गर्दा उनमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५५० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३९ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42441