हङकङ कोरोना न्युज अपडेट : ४ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा आज सोमवार ४ जना आयातित कोरोना सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८४२ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा इन्डोनेसिया, नेदरल्याण्ड, दक्षिण कोरिया र भारतबाट आएका रहेका छन्।

कोरोना सङ्क्रमित २५ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42666