हङकङ कोरोना न्युज अपडेट : फेरि बढ्यो कोरोना, ७ सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा आज मंगलवार ७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८४९ पुगेको छ।

प्रोटेक्शनका अनुसार १ स्थानीय र ६ आयातित सङ्क्रमित थपिएका हुन्। स्थानीय सङ्क्रमितमा वान चाई पुलिस स्टेशनको गस्ती टोलीका ३५ वर्षीय पुलिस अधिकारी रहेका छन्।

आयातित सङ्क्रमितहरुमा इन्डोनेसियाबाट आएका ५ जना घरेलु कामदार र दुबाईबाट आएका एक जना महिला रहेकी छन्।

कोरोना सङ्क्रमित २६ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42680