हङकङ कोरोना न्युज अपडेट : ६ सङ्क्रमित थपिए, ३५ लाख बढीले कोरोनाविरुद्ध खोप लिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले आइतवार १ स्थानीय र ५ आयातित गरी ६ जना कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९१८ पुगेको छ।

.

स्थानीय कोरोना सङ्क्रमितमा एयरपोर्टको Uptown Plaza मा कार्यरत २४ वर्षीया महिला रहेकी छन्।

आयातित सङ्क्रमितमा बेलायतबाट आएका २, बंगलादेशबाट २ र इन्डोनेसियाबाट आएका एक जना रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ४१ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २११ ले ज्यान गुमाएका छन्।

आज ५८,४४१ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३५,११,१०१ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43230