न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १४ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।
यद्यपि, २ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,०३३ पुगेको छ।
आयातित सङ्क्रमितमा अमेरिकाबाट आएका २ जना रहेका छन्। दुईमध्ये एक जना स्टेनली भिलेज रोड, स्टेनलीमा बस्ने ३८ वर्षीया घरेलुकामदार रहेकी छन्। उनी जुलाई १८ अमेरिका गएर अगष्ट १ तारिख हङकङ फर्केकी थिइन्।
पछिल्लो १४ दिनमा जम्मा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तिमध्ये १ जना स्थानीय र अरु सबै आयातित सङ्क्रमित रहेका छन्।
यतिबेला हङकङमा कोरोना सङ्क्रमित ४४ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्