Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पत्रकार सम्मेलनमै ढले एसिड आक्रमणकारी…

काठमाडौँ, चैत ६ – प्रहरीले दुई किशोरीमाथि एसिड प्रहार गर्ने अभियुक्त जीवन बिकलाई शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा पत्रकारहरूले फोटो लिने क्रममा बिहोश भइ ढलेका जीवन बिकलाई अस्पताल लगिएको छ।

घटनाको २६ दिनपछि प्रहरीले बिकलाई पक्राउ गरिएको हो। वसन्तपुर क्षेत्रमा संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने जीवन बिकलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरिएको हो। संगीताको परिवारले बिकमाथि शंका गर्दै आएपछि बिक प्रहरीको निगरानीमा परेका थिए।

बिबिएस अध्ययन गर्दै गरेका बिक संगीता बस्ने घरमै डेरा गरी बसेका थिए। संगीतालाई ट्युशनसमेत पढाएका बिकले संगीताको परिवारले आफूलाई अपमान गरेको ठानेर बदला लिन एसिड प्रहार गरेको प्रहरीको दाबी छ। पहिले फलामको रडले आक्रमण गर्ने सोंच गरेपनि पछि भारतीय च्यानलमा देखिए झैं एसिड प्रहार गर्ने बिकले योजना बनाएका थिए। यसअघि, प्लास्टिकको बोटलमा राख्दा एसिड नाश भएको प्रहरीले बताएको छ।

एसएलसी दिने तयारीमा रहेका संगीतामाथि फागुन १० गते बसन्तपुरस्थित ए प्लस ट्युसन सेन्टरभित्र एसिड प्रहार भएको थियो। एसिड प्रहारबाट संगीतासंगै अर्की किशोरी सीमा बस्नेत गम्भीर घाइते भएका थिए। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ भने विहीवारबाट सञ्चालनमा आएको एसएलसी परीक्षामा दुबैजना सहभागी छन्।

एसिड प्रहारबाट भम्भीर घाइते संगिता मगर केएमसी अस्पतालकाे शैय्याबाट भाइ साेनाम तामाङकाे सहयाेगमा एसएलसी परीक्षा दिँदै।

एसिड प्रहारबाट घाइते सिमा बस्नेत वीर अस्पतालकाे शैय्याबाट एसएलसी परीक्षा दिँदै।


काठमाडौं सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारत सीमा बस्नेत


रामेछाप घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङगीता मगर पुलामी वीर अस्पतालमा उपचारत। तस्वीरहरूः @subhak12


नेपाल प्रहरीद्वारा जारी गरिएको एसिड प्रहार गर्ने अभियुक्तको स्केच।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

4560