Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
शहीद परिवारको घरबाट लुटियो १० तोला सुनको गहना.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

शहीद परिवारको घरबाट लुटियो १० तोला सुनको गहना..

डाँकाको एक समूहले आज बिहान महोत्तरीमा शहीद परिवारको घरमा धनमाल लुटपाट गरेको छ।

प्रतीकात्मक फोटो

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले शहीद गणेशप्रसाद चौधरीका छोरा एवं शहीद रोहन चौधरीका काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र २५ हजार रूपैयाँ लुटेका हुन् ।

धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौंमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिएर लुटपाट गरी भागेका थिए ।

लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए।

जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएको र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।





Comments

comments

45674