हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ७ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार हङकङमा ७ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२६९ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा पाकिस्तानबाट २ जना, फिलिपिन्सबाट २ जना, मोन्टेनेग्रोबाट १ जना, संयुक्त राज्य अमेरिकाबाट १ जना र केन्याबाट १ जना सामेल छन्। ति सबैले कोरोनाविरुद्ध खोपको २ डोज लिइसकेको जनाइएको छ।

पछिल्लो १४ दिनमा ६८ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६० जनाको उपचार भइरहेको छ। आज थप ६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45738