Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
घान्द्रुक जीप दुर्घटनाका ८ मृतकको सनाखत.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

घान्द्रुक जीप दुर्घटनाका ८ मृतकको सनाखत..

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं । दसैं बिदा मनाउन घान्द्रुक घुम्न जाँदा भएको जीप दुर्घटनामा मृत्यु भएका ८ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा काठमाडौंको गोंगबुबाट घुम्न गएका ५ पुरुष र २ महिला छन्।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३ गोंगबुका १८ वर्षीय जिल्लप घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आलेमगर र गोरखा घर भइ गोंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेका छन्।

त्यसै गरी, मृत्यु हुनेमा जिपका चालक अन्नपूर्ण गाउँपालिकाको नयाँपुलका ४२ वर्षीय खुसीमान क्षेत्री रहेका छन्।

२० वर्षीया देविजा घिसिङको भने सकुसल उद्दार भएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग१ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा दुर्घटनामा परेको थियो।





Comments

comments

45733