हङकङमा टाईफून नं. ८ ले थप १ को ज्यान लियो, ५ घाइते..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १३ अक्टोबर । हङकङमा जारी सामुद्रिक आँधी T8 टाईफून कामपासुका कारण थप १ जनाले ज्यान गुमाएका छन् भने कम्तीमा ५ जना घाइते भएका छन्।

६ जना घाइतेमध्ये १ जनाले ज्यान गुमाएको हस्पिटल अथोरिटीले जनाएको छ।

मृत्यु हुनेमा ३१ वर्षीय मोटरसाईकल चालक रहेका छन्। हिजो साँझ शेक ओ रोडमा मोटरसाइकलमामा सवार रहंदा हावाले ढालेर ल्याम्पोष्टमा टाउको ठोकिएपछि गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो।

यसअघि गत शुक्रवार टाईफूनले स्काफफोल्ड भत्काउंदा एक महिला कामदारको मृत्यु भएको थियो।

गृह मामिला विभागले अहिले सम्म विभिन्न जिल्लाहरुमा २४ अस्थायी सेल्टर सञ्चालनमा ल्याएको छ।

हिजो ५:३० बजेदेखि शुरु भएको the Gale or Storm Signal, No. 8 आज ४ देखि ७ बजे साँझसम्म जारी रहन सक्ने हङकङ अब्जरभटरीले जनाएको छ।

टाईफून कामपासुका कारण फिलिपिन्समा ९ जनाको ज्यान गएको छ।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

45793