हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ५ इम्पोर्टेट केस थपिए, एमिरेट्सलाई हङकङमा २ हप्ता निषेध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार हङकङमा ५ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३३६ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा १० देखि ७७ वर्ष उमेर समूहका तीन जना पाकिस्तानबाट र २ जना अमेरिकाबाट आएका सामेल छन्।

यसैबीच, हङकङ सरकारले अक्टोबर २७ देखि नोभेम्बर ९ सम्म दुबई र बैंककबाट हुने एमिरेट्सका उडानहरू हङकङमा अवतरण गर्न निषेध गरिएको छ।

पछिल्लो १४ दिनमा ५८ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४९ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग हेर्नुभएको छैन भने हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46210