हुम्लामा हिमपात, जनजीवन कष्टकर..

हुम्ला, हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।

तस्बिर : रासस

हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

–

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन्। स्थानीय बासिन्दा हिमपातले बालीनाली सप्रने भएपछि खुसी भएका छन्।

–

तस्बिर: रासस





Comments

comments

47423