हुम्लामा हिमपात, जनजीवन कष्टकर..

हुम्ला, हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।

तस्बिर : रासस

हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन्। स्थानीय बासिन्दा हिमपातले बालीनाली सप्रने भएपछि खुसी भएका छन्।

तस्बिर: रासस





Comments

comments

47423