हङकङमा तीन जनामाथि अन्धाधुन्ध छुरा प्रहार, आक्रमणकारी पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ जनवरी । काउलुनमा तीन जनालाई छुरा प्रहार गरेको आरोपमा ३६ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले आइतबार दिउँसो १.१३ बजे Nga Tsin Wai रोडस्थित मासु पसलबाट एक व्यक्तिले ३० सेन्टिमिटरको छुरा खोसेको रिपोर्ट प्राप्त गरेको थियो।

उनले पसलबाहिर किराना पसलमा किनमेल गरिरहेकी एक महिलालाई छुरा प्रहार गरेर भागेका थिए।

त्यस्तै अर्को ठाउंमा बीएमडब्लु कारमाथि अचानक आक्रमण गरेका थिए। नजिकैको पसलबाट खिचेको सीसीटीभी भिडियोका अनुसार उनले कारको विन्डशिल्ड तोडेपछि ड्राइभरमाथि छुरा प्रहार गर्न ढोका खोलेका थिए।

दुईबीच निक्कैबेर घम्साघम्सीपछि आक्रमणकारी भागेर प्रिन्स एडवर्ड रोड वेस्टमा रहेको एउटा भवनमा गएका थिए। उनले त्यहाँ आफ्नो जुत्ता र छातामा आगो लगाएका थिए।

त्यसपछि उनले एक कर्मचारीलाई आक्रमण गर्दै एक भिलामा प्रवेश गरेका थिए। त्यसै बेला प्रहरी अधिकारीहरूले घाइते र आगजनी गरेको आरोपमा ति व्यक्तिलाई पक्राउ गरेको छ।

महिलाको औंलामा चोट लागेको स्रोतले जनाएको छ।





Comments

comments

47583