अपडेटः शव बोकेको बस दुर्घटना, मृत्यु हुनेको संख्या ८ पुग्यो

पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ८ पुगेको छ। बुटवलबाट शव बोकेर रिडितर्फ गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्।

पाल्पाको रिब्दिकोट–२ लगुवामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी रामेश्वर त्वातीले जानकारी दिए।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। उद्धार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

.

,





Comments

comments

47563