हङकङ : हाईकिङ जाँदा समुद्रमा खसेकी छोरीलाई बचाउंन गएका सौतेनी बाबुको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ फेब्रुअरी। हाईकिङ जाँदा समुद्रमा खसेकी छोरीलाई बचाउंन गएका सौतेनी बाबुको मंगलवार दिउंसो मृत्यु भएको छ।

प्रतीकात्मक फोटो

आज दिउँसो करीब १ः१६ बजे चु (२२ वर्ष) र उनका सौतेनी बुवा वोङ (७१ वर्ष) तुङ लुङ चाउमा हाईकिङ (पदयात्रा) मा गएका थिए। तस्विर खिच्ने क्रममा चु चिप्लिएर समुन्द्रमा खसिन्। उनका बुबाले उनलाई बचाउंन चिसो पानीमा हाम फाले।

सौभाग्यवश, पदयात्रीहरूले उनीहरूलाई ३० देखि ४० मिटर तटमा तैरिरहेको देखे। उनीहरूले तुरुन्तै उद्धारको लागि प्रहरीलाई बोलाए।

वोङलाई विहोसी अवस्थामा उद्धार गरियो। जबकि चुको हात र खुट्टामा चोट लागे पनि होसमै थिइन्। उनीहरुलाई एम्बुलेन्सबाट पामेला युडे नेथर्सोल इस्टर्न अस्पतालमा पुर्याइयो।

दुर्भाग्यवश, वोङलाई अस्पतालमा मृत घोषित गरियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।





Comments

comments

48258