हङकङमा नयाँ १२९ संक्रमित थपिए, नेपालबाट आएका यात्रुबाट विमानस्थलका २ कर्मचारी संक्रमित ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ फेब्रुअरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोभिड-१९ को नयाँ १२९ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

कुल १२९ संक्रमित केसमध्ये २७ आयातित र  १०२ स्थानीयसंग सम्बन्धित रहेका छन्। तिनीहरुमध्ये ९ डेल्टा भेरियन्टका र ८१ केसहरू ओमिक्रोन भेरियन्ट रहेका छन्। २२ केसको संक्रमणको स्रोत खुलेको छैन।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआङ सुक-क्वानले भाइरसको आनुवंशिक विश्लेषणपछि जनवरी २५ तारिख नेपालबाट आएका यात्रुबाट हङकङ विमानस्थलका दुई जना कर्मचारी संक्रमित भएको बताएकी छन्।

चुआङका अनुसार बिहान ९ बजेसम्म २४ घण्टामा जम्मा २६ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म कुल १२ हजार ८०६ जना निको भएर डिस्चार्ज भइसकेका छन्। पुष्टि भएका कुल १ हजार १०३ जना बिरामीहरू हाल अस्पतालमा भर्ना छन्। सबै बिरामीको अवस्था स्थिर रहेको जनाइएको छ।

लकडाउन र भाइरस परीक्षणः

Serenity Villa, Tai Po Tau, Tai Po





Comments

comments

48273