हङकङमा थपिए एकै दिन ३५१ संक्रमित, २ वर्षमा नयाँ रेकर्ड, आज पनि थपिए २०० बढी प्रारम्भिक केस..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ फेब्रुअरी । लुनार न्यु इयरको अवसरमा पारिवारिक जमघटका कारण हङकङमा कोरोना महामारी फैलिने क्रम तीव्र भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार मात्रै कोभिड-१९ को ३५१ केस दर्ज भएको जनाएको छ। जुन विगत दुई वर्षमा महामारीको प्रकोपपछि अहिलेसम्मकै उच्च दैनिक संख्या हो।

हङकङमा हालसम्म कोरोना पुष्टि भएका कुल केसहरू १५ हजार ०६६ पुगेको छ। आज पनि २०० प्रारम्भिक केसहरू रेकर्ड भएका छन्। जुन उच्च रेकर्ड हो।

यसैबीच, स्वास्थ्य विभागको स्वास्थ्य संरक्षण केन्द्रका डा चुआङ सुक–क्वानले आज कोभिड–१९ सङ्क्रमितमध्ये ८ जना आयातित र बाँकी ३ सय ४३ स्थानीय सङ्क्रमित रहेको बताएकी छन्। तीमध्ये १ सय ६१ जनामा संक्रमणको श्रोत अझै अनुसन्धानकै क्रममा छ। तिनीहरूमध्ये अधिकांश ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित छन्। २४ बिरामीहरू डेल्टा भेरियन्ट भाइरसबाट संक्रमित रहेका छन्। १८० भन्दा बढी स्थानीय केसहरू महामारीको रूपमा अघिल्लो केसहरूसँग जोडिएका रहेका छन्।

युन लङ प्लाजामा भेटिए कोरोना संक्रमित
युन लङ प्लाजाका क्लिनर, सुरक्षा गार्ड, हट पट रेस्टुरेन्ट, चिउ चाउ रेस्टुरेन्ट र फोर्ट्रेसमा काम गर्ने धेरै कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

त्यस्तै, शाम शुई पोस्थित मस्जिदमा गएका ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

अस्पताल अथोरिटीका डा लाउ का–हिनका अनुसार आज बिहान ९ बजेसम्म विगत २४ घण्टामा कुल ७१ पुष्टि भएका बिरामी निको भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ८७ रहेको छ। कुल १ हजार १७७ पुष्टि भएका बिरामीहरू हाल अस्पतालमा उपाचारत छन्। खोप नलिएका बिरामीहरूमध्ये एक (केस नम्बर 13400) अझै गम्भीर अवस्थामा छ। बाँकी बिरामीहरूको अवस्था स्थिर रहेको छ।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

लकडाउन र भाइरस परीक्षणः

Tuen Mun :

Hing Cheung House, 6 Tai Hing Street, (excluding Yuen Long (2) District Maintenance Office, Housing Department, The Hong Kong Society for Rehabilitation-Community Rehabilitation Network (Tai Hing Centre), The Neighbourhood Advice-Action Council Tai Hing Hostel and Tuen Mun Youths Association on G/F) and 2 Tai Hing Street, Hing Tai House (excluding District Lands Office/Tuen Mun Squatter Control Team, Clearance (2) Office (Tuen Mun Sub-office), Lands Department and Fu Hong Society Kit Hong Home), Tai Hing Estate, Tuen Mun

Shatin :

Sun Yuet House and Sun Wai House, Sun Chui Estate, Sha Tin





Comments

comments

48366