Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाबु निर्देशकको म्युजिक भिडियोमा छोरा हिरो

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
कलाकारिता लाइनमा बाबु-आमाको पदचिन्ह पछ्याउनेहरुको लिस्ट धेरै नै लामो छ। यहि लिस्टमा नेपाली म्युजिक भिडियोमा नयाँ अनुहार देखिएको छ।

म्युजिक भिडियो निर्माणमा भिन्दै पहिचान बनाएका चर्चित निर्देशक सुरज श्रेष्ठले आफ्नो नयाँ म्युजिक भिडियोमा आफ्ना जवान छोरा अभिषेक श्रेष्ठलाई डेब्यू गराएका छन्।

गायिका प्राश्ना शाक्यको स्वरमा रहेको ‘मुटु नचिरिदेउ..’ बोलको गीतमा ईमेज च्यानलकी चर्चित भिजे सन्ध्या केसीले अभिषेकको जोडीको रुपमा काम गरेकी छिन्। रोमान्टिक गीतको रोमान्टिक म्युजिक भिडियोमा दुवै जमेका छन्।

‘महशुस–२’ अल्बममा समेटिएको उक्त गीतलाई सतिश श्रेष्ठले संगीत भरेका छन्। सुकबहादुर गुरुङको शब्द रहेको गीतलाई नव जोडीको अभिनयले छिट्टै चर्चामा ल्याएको छ। सन्ध्या केसीलाई भर्खरै मात्र चर्चित नायक भुवन के. सी.ले आफ्नो नयाँ डेब्यू निर्देशन रहेको फिल्ममा आफ्ना नायक छोरा अनमोल के. सी. को अपोजिटमा काम गराउने लगभग पक्का गरेका छन्।

भिडियोमा नयाँ अनुहारको आवश्यता भएकोले आफ्नै छोरा शूट हुने देखेर खेलाएको र भिडियोले राम्रै क्मेंट्स पाएको निर्देशक सुरज श्रेष्ठ बताउंछन्। सुरज श्रेष्ठको निर्देशन र सम्पादन रहेको म्युजिक भिडियोलाई हरि हुमागांईले खिचेका हुन्।

आजकल पुराना कलाकारहरुको भन्दापनि नयाँ टिनएज कलाकारहरुको फिल्म दर्शकहरुले मन पराइ रहेको अवस्थामा फिल्म निर्देशनको समेत तयारीमा रहेका निर्देशक सुरज श्रेष्ठले आफ्नो डेब्यू फिल्ममा छोरा अभिषकलाई नै हिरो को रुपमा डेब्यू गराए कुनै अचम्म मान्नुपर्दैन भने अभिषेकको टिनएज लूक्सलाई अब अन्य म्युजिक भिडियोमा समेत देखिने सम्भावना बढेको छ।





Comments

comments

4876