हाईकिङ गएकी महिला मृत भेटिइन्!

एचकेनेपाल डट कम –

हङकङ, ६ मार्च । पदयात्रामा गएकी ३० वर्षीया लो-चे वान २ दिनपछि मृत फेला परेकी छन्।

उनको शव आज दिउँसो १ बजे फेला परेको प्रहरीले जनाएको छ।

गत शुक्रवार (४ गते) पिकको १२ नम्बर लुगार्ड रोडको भीरबाट खसेको आशंकामा उनको परिवारले सोही दिन दिउँसो २ बजे प्रहरीलाई फोन गरेको थियो।

खोजीका लागि उद्धारकर्मी घटनास्थलमा पुगेका थिए भने सरकारी उडान सेवाको हेलिकप्टरले पनि अप्रेसनमा सहयोग गरेको थियो तर उनी फेला परेकी थिइनन्। हराएको २ दिनपछि पुन: आज खोजी गर्दा उनलाई मृत अवस्थामा भेटिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो..?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

48962