हङकङमा थपिए ३१,००८ कोभिड संक्रमित, थप १५३ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ मार्च । हङकङमा आत्तिने गरी ह्वात्तै बढेको कोरोना संक्रमितको संख्या विस्तारै ओरालो लाग्न थालेको छ।

यद्यपि, यो अवस्था भने सन्तोषप्रद छैन। पहिलेको तुलनामा अझै पनि यो संख्या डरलाग्दो हो। हङकङमा आज ३१,००८ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गर्दा मृत्यु हुनेको संख्या भने बढेको छ। २४ घण्टाभित्र हङकङमा थप १५३ जना बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ३५ वर्षदेखि १०५ वर्ष उमेरबीचका ९६ पुरुष र ५७ महिला रहेका छन्। मृत्यु हुनेमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर, मृगौला रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या १७९४ पुगेको छ।

संक्रमितमध्ये २ आयातित, २ डेल्टा र २१०५ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

५७ जना विरामीको अवस्था चिन्ताजनक र १२३ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ६२५ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

48967