Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए ३७,५२९ कोभिड संक्रमित, थप १५० जनाको मृत्यु… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए ३७,५२९ कोभिड संक्रमित, थप १५० जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ मार्च । हङकङमा आज ३७,५२९ नयाँ पुष्टि भएका कोभिड-१९ को केसहरु थपिएका छन्।

कोभिड-१९ बाट २४ घण्टाभित्र हङकङमा थप १५० जना बिरामीको मृत्यु भएको छ।

अस्पताल प्राधिकरणका अनुसार मृत्यु हुनेमा ३२ वर्षदेखि १०५ वर्ष उमेरबीचका ९० पुरुष र ६० महिला रहेका छन्। मृत्यु हुनेमा केयर होम्समा बस्दै आएका बृद्धबृद्धासहित केही क्यान्सर रोगले पीडित तथा केही दीर्घ रोगीहरु रहेका छन्। मृत्यु भएका ३२ वर्षका महिला अक्यान्सर रोगले पीडित थिइन्।

कोरोनाको पाँचौं लहरमा मात्रै सार्वजनिक अस्पतालमा मृत्यु हुनेको संख्या १५६१ पुगेको छ।

संक्रमितमध्ये ६ आयातित र बाँकी स्थानीय रहेका छन्। २ डेल्टा र १६३१ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममै रहेका छन्।

६१ जना विरामीको अवस्था चिन्ताजनक र १०९ जना विरामीको अवस्था गम्भीर रहेको प्राधिकरणले जनाएको छ। ७४५ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

48954