चीनबाट आई पुग्यो ३०० जनाको मेडिकल सपोर्ट टिम!

एचकेनेपाल डट कम –

हङकङ, १७ मार्च । मुख्यभूमि चीनबाट ३०० जनाको विशेष मेडिकल सपोर्ट टिम बुधवार हङकङ आई पुगेको छ।

Photo: info gov hk

हङकङमा कोरोनाको प्रकोप बढ्दै गएपछि सहयोग गर्न चीनबाट बुधबार थप विशेष उच्चस्तरीय ३०० जनाको मेडिकल सपोर्ट टिम हङकङ आई पुगेको हो। जबकि ७५ जनाको पहिलो टिम यसअघि नै आइपुगेको थियो।

मेडिकल सपोर्ट टिमलाई हङकङकी कार्यकारी प्रमुख क्यारी लाम र अस्पताल प्राधिकरण (HA) का अध्यक्ष हेनरी फ्यानलगायतले स्वागत गरेका थिए।

पछिल्लो समय हङकङमा कोभिड-१९ को केसहरु बढ्ने क्रम जारी छ भने दैनिक १५०-२५० जना बिरामीहरुले आफ्ना ज्यान गुमाएका छन्। कठिन परिस्थितीबाट गुज्रिरहेको हङकङले मुख्यभूमि चीनबाट सहयोगको अपेक्षा गरिरहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49213