जर्मनीद्वारा युक्रेनलाई मार्डर इन्फन्ट्री फाइटिङ भेहिकल प्रदान गर्न अस्वीकार..

बर्लिनले युक्रेनलाई १०० मार्डर इन्फन्ट्री फाइटिङ भेहिकल उपलब्ध गराउने कीभको अनुरोधलाई अस्वीकार गरेको छ।

रक्षा स्रोतलाई उद्धृत गर्दै जर्मन मिडिया वेल्टले समाचार प्रकाशित गरेको छ।

गत बुधबार युक्रेनी रक्षा मन्त्री ओलेक्सी रेज्निकोभले जर्मन रक्षा मन्त्रालयलाई १०० मार्डर प्रकारको सवारी साधन र अन्य भारी हतियारहरूका लागि पत्र पठाएको थियो। कीभका स्रोतहरूले वेल्टलाई जनाएअनुसार जर्मन रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचले रेज्निकोभसँगको फोन वार्तामा उक्त अनुरोध अस्वीकार गरेका हुन्।

यसअघि जर्मन रक्षा मन्त्रालयले वेल्टलाई कीभको अनुरोध प्राप्त भएको पुष्टि गर्दै ती सवारी साधनहरू नाटो प्रतिबद्धताहरूमा संलग्न रहेको जनाएको थियो। रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

49644