हङकङमा थपिए २५३५ संक्रमित, एक विमानलाई हङकङमा प्रतिबन्ध…

एचकेनेपाल डट कम –

हङकङ, ९ अप्रिल । हङकङमा कोभिड-१९ को थप २५३५ नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. चुआङग सुक क्वाका अनुसार संक्रमितमध्ये १३ आयातित, ० डेल्टा र ६७३ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्।

आयातित १३ मध्ये ९ जना हिजो हङकङ आएका थिए। ती मध्ये ६ जना क्याथे प्यासिफिक यात्रुवाहक उडान CX798 मा इन्डोनेसियाबाट हङकङ आएका थिए।

पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,७५,६३१ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ५३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। १,५४३ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, सरकारले जकार्ताबाट क्याथे प्यासिफिक उडानबाट हङकङमा यात्रु ल्याउन एक हप्ताको लागि प्रतिबन्धित लगाएको छ। अप्रिल ८ मा इन्डोनेसियाको जाकार्ताबाट क्याथे प्यासिफिकले सञ्चालित यात्रुवाहक उडान (CX798) को उडानबाट हङकङ आएकामध्ये पाँच जना यात्रुका कोरोना पोजिटिभ देखिएको थियो।





Comments

comments

49774