हङकङमा कोभिड-१९ को दैनिक संक्रमितको संख्या २४९२ मा झऱ्यो, १,५१० बिरामी निको भए…

एचकेनेपाल डट कम –

हङकङ, ८ अप्रिल । हङकङमा कोभिड-१९ को दैनिक संक्रमित केसहरू आज २४९२ मा झरेको छ।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये ८ आयातित, ० डेल्टा र ६९२ केसहरू ओमिक्रोन भेरियन्टका रहेका छन्। बाँकी केसहरू परीक्षणको क्रममा रहेका छन्।

आयातित केसहरू अष्ट्रेलिया, दक्षिण कोरिया, आयरल्याण्ड, जर्मनी र सिंगापुरबाट आएका रहेका छन्।

पाँचौं लहरमा कोरोना संक्रमितको संख्या ११,७३,०९६ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र थप ७० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। १,५१० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।

यसैबीच, अस्पताल प्राधिकरणअन्तर्गतका २१,३७४ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ। तीमध्ये १९,६९१ निको भएर काममा फर्किएका छन्।





Comments

comments

49753