तेस्रो नेपालआइस मिस उर्लाबारी २०२२ को उपाधि दिया दाहाललाई..!

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

उर्लाबारी। नेपालआईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्।

सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा ” आगामी स्थानीय निर्वाचनमा महिला सशक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाब दिनुपर्छ” भन्ने सटिक उत्तर दिदै उनले टप ५ बाट मिस उर्लाबारीको ताज पहिरिएकी हुन्।

–

उनले नेपालआइस मिस उर्लाबारी २०२२ उपाधिसँगै नगद पचास हजार तथा ट्रफी प्राप्त गरिन। त्यस्तै उर्लाबारीकी ज्वाला लिम्बू फस्ट रनर अप भईन भने सेकेन्ड रनरअप उर्लाबारीकी अंकिता कटवाल भईन्।

–

उनीहरुले क्रमशः नगद तीस हजार र बीस हजार रुपैयाँ प्राप्त गरे । ज्वाला लिम्बुले पब्लिक च्वाइस अवार्डको टाइटल समेत हात पारीन । त्यस्तै कुमकुम चौधरीले मिस पर्सनालिटी र एथलेटको टाइटल जितिन् भने अन्किता कटुवाल मिस ट्यालेन्ट, नलिना कट्टेल मिस डिसिप्लिन, निशा धिमाल बेस्ट क्याटवाक , सोफिया लिम्बू मिस फ्रेन्डसीप र अबिशा लिम्बूले मिस फोटोजेनिकको टाइट्ल जितिन। मिस उर्लाबारी २०२२ मा १७ जना युवतीहरुले प्रतिस्पर्धा गरका थिए।

–

स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटन गर्ने अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारी आउँदो वर्षबाट नियमित आयोजना गर्ने आयोजक सेन्ट्रल फेसन हबका अध्यक्ष जीवन चिमरियाले बताए।

–

सबिना पोदारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको मुख्य निर्णायकमा सञ्चारकर्मी तथा चलचित्र निर्देशक भीषण राई र अन्य निर्णायकहरुमा संचारकर्मी तथा मोटीभेशनल स्पिकर सुरेश राई, मिस टुरिजम नेपाल २०२१ आयुशा बस्नेत, मिस लिम्बू २०१७ कि फर्स्ट रनर अप सन्ध्या तुम्बाहाम्फे, प्राचार्य ज्ञानेन्द्र सुनार र गायक निमा तामाङ रहेका थिए। निर्णायक तथा गायक निमा तामाङले आफ्ना केही गीतहरु समेत गाएका थिए।

–

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताका बिजेता तथा उप बिजेताले धरानमा आयोजना हुने मिस पूर्वाञ्चलमा सिधै प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने भएको छ । सेन्ट्रल फेसन हब उर्लाबारीको आयोजनामा भएको नेपालआइस मिस उर्लाबारी २०२२ उर्लाबारी नगरपालिकाको बिशेष सहयोग र सिजी ब्रुअरीको मुख्य प्रायोजन र प्रिन्सेस वाइन लगायत स्थानीय व्यवसायीहरुको प्रायोजनमा सम्पन्न भएको थियो।

–

यस अघि सन २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८ मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् भने नेमिता आङ्बुहाङ्ले मिस पूर्वाञ्चलको ताज पनि जितेकी थिइन्।





Comments

comments

49851