मिनीबसको ठक्करबाट एक जनाको मृत्यु, ८१ वर्षीय चालक पक्राउ…

एचकेनेपाल डट कम –

हङकङ, १२ अप्रिल । मिनीबसको ठक्करबाट हो मान टिनमा एक जना पुरुषको मृत्यु भएको छ।

फोटोमा मिनीबस र ८१ वर्षीय चालक।

प्रहरीले घटनास्थललाई घेरा हालेर जोखिमपूर्ण सवारी चलाएर मृत्यु भएको आशंकामा मिनिबसका ८१ वर्षीय चालकलाई पक्राउ गरेको छ।

स्थानीय मिडियाका अनुसार आज साँझ करिब ७ बजे हो मान टिनस्थित शेउङ शिङ सडकमा मिनीबसले एक व्यक्तिलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उद्धारका लागि अस्पताल लगिए पनि अन्ततः उनको मृत्यु भएको थियो। समाचारमा मृतकबारे थप जानकारी दिइएको छैन।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

49841