हङकङमा आज २७८ संक्रमित थपिए, नेपालबाट आएका २ जनामा कोरोना देखियो..!

एचकेनेपाल डट कम –

हङकङ, ७ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका २७८ संक्रमित केसहरु थपिएका छन्।

स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार संक्रमितमध्ये १८ आयातित रहेका छन्। तीमध्ये १० जना चेक गणतन्त्र, अमेरिका, नेदरल्याण्ड, फिलिपिन्स र फ्रान्सबाट आएका रहेका छन्। तिनीहरुमा विमानस्थलको अस्थायी नमूना सङ्कलन केन्द्रमा पोजिटिभ देखिएको हो।

बाँकी क्वारेन्टिइन होटलमा पोजिटिभ देखिएका छन्। जसमध्ये २ जना सिंगापुरबाट, १ जना अस्ट्रेलियाबाट, १ जना फ्रान्सबाट, २ जना नेपालबाट र १ जना नेदरल्यान्डबाट आएका रहेका छन्।

पाँचौं लहरमा मात्रै कोरोना संक्रमितको संख्या हङकङमा ११,९३,६८८ पुगेको छ।

हङकङमा २४ घण्टाभित्र कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म कूल ९,१३१ बिरामीको मृत्यु भएको छ।

२४ घण्टामा १५० जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।





Comments

comments

50402