विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

त्रिमूर्ति निकेतनले २०७८ सालको ‘लेखनाथ काव्य पुरस्कार’ छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई समर्पण गर्ने निर्णय गरेको छ।

यसैगरी यस वर्षको ‘बालकृष्ण सम पुरस्कार’ नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई समर्पण गर्ने निर्णय गरेको छ। देवकोटा काव्य पुरस्कार’ आधुनिक कवि शैलेन्द्र साकारलाई समर्पण गर्नेबारे पूर्व बैठकबाट निर्णय भैसकेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ।

ताम्रपत्रका साथ यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन्।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको हो।





Comments

comments

50410