बेलायतमा पाँच नेपाली मूलका उम्मेदवार विजयी

अशोक अधिकारी / गोरखापत्र –

बेलायतमा सम्पन्न स्थानीय निर्वाचनको परिणाममा पाँच नेपाली मूलका उम्मेद्वारहरुले विजयी हासिल गरेका छन्। निर्वाचित हुने पाँचमध्ये तीनजना काउन्सिलरमा पुनःनिर्वाचित भएका छन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन्।

अशोक अधिकारी / गोरखापत्र

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्यका अनुसार, निर्वाचनमा बेलायतभरमा विभिन्न स्थानीय काउन्सिलबाट १० जना नेपाली मूलका उम्मेदवार बनेका थिए । यसमध्ये लक्ष्मण गुरुङ, विष्णुबहादुर गुरुङ, जित रानाभाट, कमल गुरुङ र डाक्टर जगन्नाथ शर्मा निर्वाचित भएका छन्। निर्वाचितमध्ये तीनजना लेबर पार्टीका उम्मेदवार हुन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका उम्मेदवार हुन्।

लण्डनको हन्सलो बरोबाट पूर्वमेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको छ । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङले एक हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । सन् २०१४ मा हन्सलोको हानवर्थ वडाबाट पहिलो पटक काउन्सिलर निर्वाचित भूतपूर्व गोर्खा गुरुङ सन् २०१८ मा दोस्रोपटक निर्वाचित हुनुभएको थियो । उहाँले डेपुटी मेयर र मेयरका रूपमा समेत एक÷एक कार्यकाल काम गरिसक्नुभएको छ।

यसैगरी, लण्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा निर्वाचित हुनुभएको छ । बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार काउन्सिलरमा निर्वाचित भएका छन् । रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एन्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेका रानाभाट विजयी हुनुभएको हो।

इंग्ल्यान्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलो पटक उठेका डा. जगन्नाथ शर्मा झिनो मतले पराजित हुनुभएको छ। कोलबर्न टाउनका पूर्वमेयर एवम् काउन्सिलर शर्मा दुईतिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर निर्वाचित हुनुभयो । लन्डनकै बार्नेट काउन्सिलको बन्र्टओक वडाबाट पूर्वगोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित हुनुभएको छ।





Comments

comments

50414