एचकेनेपाल डट कम –
हङकङ, २७ मे । हङकङमा आज कोभिड-१९ पुष्टि भएका कुल २५० संक्रमित केसहरु थपिएका छन्।
स्वास्थ्य सुरक्षा केन्द्रका डा. अल्बर्ट औका अनुसार २२१ स्थानीय र २९ आयातित गरी कुल २५० संक्रमित केसहरु थपिएका छन्।
हङकङमा २४ घण्टाभित्र कोरोनाबाट १ जनाको मृत्यु भएको छ। पाँचौं लहरको शुरुवातदेखि अहिलेसम्म हङकङमा मृत्यु हुनेको कुल संख्या ९,१६२ पुगेको छ।
२४ घण्टामा ३९ जना बिरामी निको भएर अस्पतालबाट घर फर्केका छन्।