Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नक्कली मोडल बनाएर नेपाली युवतीहरूको विदेशमा मोलतोल

काठमाडौं, चैत ४ – प्रहरीले खाडी र अफ्रिकी मुलुकमा नेपाली युवती तस्करी गर्ने गिरोहका सातजनालाई पक्राउ गरेको छ। गिरोहले बाहिरी आवरणमा कस्मेटिक व्यवसाय, होटेल, ट्राभल्स, कम्प्युटर पार्ट्स, फोटो प्रिन्टिङ र पुष्प व्यवसाय देखाए पनि भित्री रूपमा नेपाली युवती विदेशमा लगेर बिक्री गर्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले बताए।

पक्राउ पर्नेमा ललितपुर इमाडोलस्थित माउन्टेन टुर्स एन्ड ट्राभलका सञ्चालक राजेन्द्र सुवेदी खत्री, कालोपुलमा कस्मेटिक व्यापार गर्ने सबिनराजा मानन्धर, भारत नयाँदिल्लीमा पुष्प व्यापार गर्ने रियान भनिने तरुण रोजना खनगवाल, इचंगु ठूलो भर्‍याङका कम्प्युटर पार्ट्सका व्यापारी ललितराजसिंह सुवाल, ललितपुर एकान्तकुनाका सुनिल अधिकारी, संखुवासभा घर भई त्रिभुवन विमानस्थलअगाडि होटेल चलाउने केदारबहादुर खड्का र धनकुटा घर भई मैतीदेवीमा कस्मेटीक व्यवसाय गर्ने नविन दाहाल छन्।

सीआईबीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गिरोहले मलेसिया, बहराइन, ओमान, यूएई, युगान्डा, तान्जानिया र केन्यामा विगत चार वर्षदेखि नेपाली युवतीको तस्करी गर्दै आएको जानकारी दिइयो।

युवतीलाई मोडलिङ गराउँदै विदेशमा मोतलोत
गिरोहको युवती तस्करी गर्ने तरिका पनि फरक रहेछ। विभिन्न फोटो स्टुडियोमा मोडेलका रूपमा विभिन्न पोजमा फोटो खिचाउने र उक्त फोटो इन्टरनेटमार्फत विदेशी एजेन्टलाई पठाएपछि उताबाट स्वीकृति भएलगत्तै राहदानी बनाउनेलगायतका अन्य प्रक्रिया सुरु गर्ने गरेको सीआईबीले जनाएको छ।

नेपाली एजेन्टले पठाएको फोटो स्वीकृत भएलगत्तै उताबाट श्रम स्वीकृति, शृंगार र युवती खोजेबापत भन्दै दुई लाख रुपैयाँ पठाउने गरेको पाइएको छ।

‘फोटोमा जति उत्तेजित र राम्री देखियो एजेन्टले उति बढी पैसा दिने र नेपाली एजेन्टले युवतीलाई विदेश पठाएबापत ५० प्रतिशत कमिसनसमेत पाउने गरेको पाइएको छ”, डीआईजी ठकुरीले भने, ‘सुरुमा डान्सबारमा नाच्नका लागि लगिए पनि अन्तत: युवतीमाथि यौनशोषण गर्न बाध्य बनाउने गरेको पाइयो।’

सीआईबीले केन्या र यूएईको इन्टरपोलमार्फत काठमाडौंस्थित इन्टरपोल शाखालाई आएको सूचनासमेत विश्लेषण गरेर मानव तस्करीको जालोबारे अनुसन्धान गरेको ठकुरीले बताए।

सीआईबीले पक्राउ परेकामध्ये मानन्धरको घरबाट आठ लाख हजार पाँच सय रुपैयाँ नगद तथा दुबई, केन्या र तान्जानियालगायतका देशबाट रेमिट्यान्समार्फत पठाइएको ७० लाख ५० हजारको रिसिप्ट बिलसमेत बरामद गरेको छ। मानन्धरको केन्या र तान्जानियाका डान्सबारमा लगानीसमेत रहेको सीआईबीले जनाएको छ।

ललितपुरस्थित मुनलाइट डान्सबारमा साझेदारी लगानी गर्दै आएका सुवेदी यसअघि मानव तस्करीकै अभियोगमा पक्राउ परी धरौटीमा छुटेका थिए। गत वर्ष भदौ २६ गते पक्राउ परेका मानन्धरलाई काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा छाडेको थियो।

अधिकारीले क्यासिनोमा करोड रुपैयाँ हारेपछि आफू ऋण तिर्न मानव तस्करीको पेसामा लागेको बयान प्रहरीलाई दिएका छन्। यी एजेन्ट युवती तस्करीकै सेटिङ मिलाउन केन्या, तान्जानिया र दुबईस्थित आफ्नो लगानी भएका डान्सबारमा पटकपटक जाँदैआउँदै गर्ने गरेको प्रहरीले जनाएको छ। विमानस्थलमा सेटिङ मिलाउने काम भने खड्काले गर्दै आएको ठकुरीले बताए।

प्रहरीले पक्राउ परेका व्यक्तिबाट विभिन्न युवतीका नाममा जारी भएका २४ वटा राहदानी, १२ वटा नागरिकता, युवतीलाई मोडेल बनाई खिचिएका ६३ वटा फोटो पनि बरामद गरेको समाचार अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित छ। बरामद युवतीका फोटा बागबजारस्थित फोटोब्यांकमा खिचिएको देखिएपनि पुष्टि गर्न बाँकी रहेको सीआईबीले जनाएको छ।

सीआईबीकी एसपी किरण बज्राचार्यले भनिन्, ‘हामीले पक्राउ परेका यी अभियुक्तका नाममा उपत्यकामा भएका विभिन्न मनी ट्रान्फरबाट कति पैसा भित्रिएको छ भने खोजिरहेका छौं। अहिले तान्जानिया, केन्या र दुबईस्थित वेस्टर्न मनी ट्रान्सफरबाट आएको देखिएको छ।’





Comments

comments

5115