अमेरिकामा ग्यांसस्टेसनको जागीरदेखि सांसदसम्म ह्यारी भण्डारी…

नातिबाबु भट्ट –

कोलोराडो, अमेरिका। सन् २००५ मा नेपालको पर्वत जिल्लाबाट भाग्यको खोजिमा अमेरिका आई पुगेका ह्यारी भण्डारी १३ बर्षको अन्तरालमा सन् २०१८ मा मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्य बने।

अमेरिकाआई ग्यांस स्टेसनको जागीरबाट यात्रा शुरु गरी छोटो समयमा अमेरिको मुलधारको राजनीतिमा प्रवेश गरी सांसदसम्म बन्न सकें भन्ने इतिहास उनले आइतवार कोलोराडोमा एक समारोहमा बिच सुनाए।

डेमोक्रयाटिक पार्टीबाट मेरील्याण्ड स्टेटको हाउस अफ एसेम्बेली सदस्यमा दोश्रो कार्यकालको लागि उमेद्धार रहेका भण्डारी कोलोराडोमा नेपाली समुदायबाट उत्प्रेरणा, शुभ आर्शिवाद तथा सहयोगको लागि मीट एण्ड ग्रीट कार्यक्रम लिई आएका हुन्।

कोलोराडोस्थित नेपाली समुदायले ब्रुमफिलस्थित दरवार रेष्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधी, बुद्धिजीवी, ब्यवसायी, समाजसेवी, नागरिक अगुवा तथा सर्बसाधारणको उपस्थिती रहेको थियो।

कार्यक्रममा उपस्थित महानुभावहरुलाई संम्बोधन गर्दै सांसद भण्डारीले आफ्नो चार बर्षे कार्यकालको अनुभव सुनाएका थिए। आफू मेरील्याण्ड स्टेटको मात्र सांसद भए पनि अमेरिका भरी रहेका नेपाली समुदायको दुःख सुखको साक्षी हुने मौका पाएकोमा आफूलाई गौरव लागेको र आफूलाई यस स्थानसम्म पु¥याउन नेपाली तथा एसियन अमेरिकनहरुको ठूलो हात रहेको बताए।

आफू अमेरिकामा नेपालीलाई देखिने र सुनिने बनाउने अभियानमा लागेको भन्दै यस अभियानमा जोडिन सबैलाई आग्रह गरे। अमेरिकाको सबै स्टेटमा रहेका नेपालीले यहाँको मुलधारको राजनीतिमा प्रबेश गरी नीति निर्माण गर्ने तहसम्म नपुगेसम्म हामीलाई सम्पूर्ण अधिकार प्राप्त गर्न कठिन हुने भएकाले संभव भएसम्म क्षमता भएका मानिसहरु अगाडि बढ्न सुझाव दिए।

दृढ बिश्वासका साथ अगाडि बढे एक दिन शिखर चुम्न सकिन्छ भन्दै उनले थपे, ८० प्रतिशत भन्दा बढि गोराहरुको बसोबास भएको ठाउंमा के चुनाव जितिएला भनेर आफू चुपलागेर बसेको भए यो अवसर कहिल्यै प्राप्त नहुने बताए । उनले आफ्नो थप जानाकारी चाहिएमा www.harrybhandari. com जान र सक्दो सहयोग गर्न सुझाव दिन सबैलाई अनुरोध गरे।

हामी अहिले हाम्रो सामुदायिक बिकासको लागि भर्खर जग खन्दै छौ। यस्तो अबस्थामा हामी चुप लागेर बसे हाम्रो घर कहिल्यै तयार हुन नसक्ने र हाम्रो समुदायको हक हित र अधिकारको लागि हाम्रा छोरा नातीले पनि सघर्ष गरिरहन पर्ने अबस्था आउने हुनाले अधिकार खोजिको लागि सबैलाई अग्रसर हुन अनुरोध गरे।

दिउसो २ बजेदेखि ५ बजेसम्म संचालन भएको कार्यक्रम बासु खनालले संचालन गरेका थिए। कार्यक्रममा कोलोराडोका अग्रज तथा समाजसेवीहरु नारायण श्रेष्ठ, पुरुषोत्तम पाण्डे, पदम बिश्वकर्मा, जगदिशचन्द्र ढकाल लगायतका ब्यक्तिहरुले आ–आ आफ्नो धारणा राख्दै कोलोराडोको नेपाली समुदायको तर्फबाट भण्डारीलाई दौश्रो कार्यकालको सफलताको शुभकामना दिएका थिए।





Comments

comments

54486
%d bloggers like this: