हङकङमा कोरोना भाइरसबाट थप ४,१२३ जना सङ्क्रमित र ११ जनाको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २ अगष्ट । हङकङमा कोरोना भाइरसबाट थप ४,१२३ जना सङ्क्रमित र थप ११ जनाको मृत्यु भएको स्वास्थ्य सुरक्षा केन्द्रले जानकारी दिएको छ।

केन्द्रका डा. चुआंग शुक-क्वानका अनुसार आज ३,८८९ स्थानीय र २३४ आयातित गरी कुल ४,१२३ संक्रमित केसहरु थपिएका हुन्।

आयातितमध्ये १४२ जनामा विमानस्थलको अस्थायी नमूना परीक्षण केन्द्रमा पोजेटिभ देखिएका हुन् भने तोकिएका क्वारेन्टिन होटलमा ७९ जनामा पोजेटिभ देखिएको छ। क्वारेन्टिन अवधि सकिएपछि १३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

आयातितमध्ये ३० भारतबाट, २६ युकेबाट, २२ अमेरिकाबाट र १८ केस सिंगापुरबाट आएका रहेका छन् ।

३८३ विद्यालयका ४४३ विद्यार्थी र १०९ शिक्षक कर्मचारीसहित जम्मा ५४९ जनामा पोजेटिभ देखिएको छ।

पछिल्लो २४ घण्टामा १३३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन्।

आज थप ११ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ जसमा २२ महिनादेखि ९६ वर्ष उमेरका ४ पुरुष र ७ महिला बिरामी छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

54576