Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कास्कीको पार्चेमा नयाँ हिमताल बन्यो

कास्की, चैत २५ – अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ। स्थानीय बासिन्दाले यो तालको नाम कफुचे राखेका छन्।

नेपालमा चार हजार पाँच सय मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा छ।

कुफुचे हिमताल पर्यटकीय नगरी पोखराबाट करिब ५१ किलोमिटर उत्तरपूर्वमा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा पर्ने यो तालसम्म पुग्न सिक्लेसबाट दुई दिनको पैदलयात्रा गर्नुपर्छ। सिक्लेस पोखरादेखि ३९ किलोमिटरको दूरीमा पर्छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ। स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको खस्नु र ‘चे’ भनेको समथर भाग भन्ने हुन्छ।





Comments

comments

Leave a Reply

5577