Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा १ हजार ४ सय नेपाली गैरकानुनी

काठमाडौं, चैत २७ – दक्षिण कोरियामा ५.४ प्रतिशत नेपाली कामदार गैरकानुनी रहेका छन्। कोरिया सरकारले गरेको पछिल्लो अध्ययनअनुसार त्यहाँ रहेका नेपाली कामदारमध्ये ५.४ प्रतिशत अवैध छन्।

यो तथ्यांक सन् २०१४ नोभेम्बर अन्त्यसम्मको हो। त्यसपछिको अवस्थाका बारेमा भने अध्ययन भएको छैन। हाल कोरियामा २७ हजार नेपाली कामदार छन्। यो संख्याका आधारमा हिसाब गर्दा गैरकानुनी कामदारको संख्या एक हजार चार सय ५८ हुन आउँछ।

अवैधरूपमा बस्ने कामदारको संख्या सन् २०१३ को तुलनामा बढेको समाचार अन्नपूर्ण पाेष्ट दैनिकमा छ। त्यस देशमा चार वर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार स्वत: गैरकानुनी हुने व्यवस्था छ।

सन् २०१३ मा कोरियामा जम्मा ३.७ प्रतिशतमात्र अवैध नेपाली कामदार थिए। यो विवरणले त्यहाँ नेपाली कामदार अवैध रूपमा बस्ने क्रम बढेको देखाउँछ।





Comments

comments

Leave a Reply

5600