Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रहरी जवान भर्नामा रमेश खरेलको चलखेल बढेपछि…

काठमाडौं, चैत २७ – एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा तानिएका छन्। मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा आयोगको सामान्य सिद्दान्तभन्दा बाहिर गएर नम्बर दिएपछि विवादित बनेका हुन्।

भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले समितिका अन्य सदस्यलाई दबाबमा राखेर लोकसेवाको सिद्दान्तविपरित बढी नम्बर दिएपछि जवानको अन्तर्वार्ता फेरि सञ्चालन हुने भएको छ। लोकसेवाले भर्ना प्रक्रियाजस्तो गम्भीर विषयमा सिद्धान्तविपरित गएर काम भएको भन्दै प्रहरी मुख्यालयलाई पत्र पठाएपछि अर्को अन्तर्वार्ताका लागि समय निर्धारण गरिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ।

मानव स्रोत विकास विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म जवानका लागि अन्तर्वार्ता लिने समय तोकेको छ। विभागका प्रमुख एआइजी रमेशशेखर बज्राचार्यका अनुसार विशेष कारणवश अन्तर्वार्ता परीक्षा रद्द गरिएको बताए। तर विभागकै एक अधिकृतले भने लोकसेवाको सिद्दान्तविपरित भएकाले रद्द गरिएको जानकारी दिए।





Comments

comments

Leave a Reply

5602